नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेज कम्पनीज (NAS-IT) द्वारा आयोजित NAS-IT Expo 2026 नोभेम्बर २२ मा सम्पन्न भएको छ।
नोभेम्बर २१ र २२ मा ललितपुरको सानेपामा सञ्चालन भएको यस प्रदर्शनीमा ३० भन्दा बढी प्रविधि कम्पनी, स्टार्टअप, सरकारी प्रतिनिधि, लगानीकर्ता, बैंक तथा वित्तीय संस्था र शैक्षिक संस्थाहरूको सहभागिता रहेको थियो।
प्रदर्शनीमा नेपाली सफ्टवेयर, डिजिटल प्लेटफर्म, Artificial Intelligence (AI), Cybersecurity, FinTech, EdTech तथा Communication Technology सम्बन्धी नवीनतम समाधानहरू प्रस्तुत गरिएका थिए।
कार्यक्रममा नेपालका IT सेवा निर्यातलाई विश्व बजारमा विस्तार गर्ने, प्रविधिमा आधारित रोजगारी सिर्जना गर्ने र नेपाली स्टार्टअपहरूलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने विषयमा समेत जोड दिइएको थियो।
नेपालको शिक्षा क्षेत्रमा डिजिटल प्रविधि, अनलाइन सिकाइ र AI आधारित शैक्षिक समाधानको सम्भावना विस्तार हुँदै गएको यस कार्यक्रमले देखाएको छ।
EPS EXAM DOT COM